काठमाडौँ - यस सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनलले साउथ्हयाम्टनसँग अग्रता लिएर पनि बचाउन नसक्दा १-१ को बराबरी खेलेको छ। जारी सिजन आर्सनलको यो पहिलो बराबरी हो।
साउथह्याम्पटनको मैदानमा ग्रान्ट जाकाको गोलबाट आर्सनलले पहिलो हाफमा अग्रता लिएको थियो। स्टुअर्ट आर्मस्ट्रागले ६५ औं मिनेटमा साउथह्याम्पटनका लागि बराबरी गोल फर्काएका थिए। अग्रता कायम राख्न नसक्दा आर्सनलले साउथह्याम्पटनसँग अंक बाँड्नुपरेको हो।
बराबरीपछि लिग लिडर आर्सनलले ११ खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २ अंकको अग्रता बनाएको छ। सिटीको समान खेलबाट २६ अंक रहेको छ।