वन तथा वातावरणमन्त्री यादव फिल्म ‘मुस्कान’मा नायक बन्दै

काठमाडौँ - वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका छन्। रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिने भएका छन्।

एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ। छायांकनको लागि  यसै साताखअमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरेका छन्।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि ३ दिनको समय छुट्टाएका छन्।

निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्‍याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन्। ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले भने।

फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका रहने छ। यसबाहेक रमितसँग रोधी घर र पृथ्वीनारायण शाह नामक दुई फिल्म पनि लाइनमा रहेका छन्। अहिले यी २ फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×