थानेश्वर गौतम र शान्तीश्री परियारको स्वरमा ‘अतीत भुल्ने दबाई’ बोलको गीत सार्वजनिक

काठमाडौँ - गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘अतीत भुल्ने दबाई’ बोलको गीत सार्वजनिक भएको छ। बुधवार ‘बादल घिमिरे’ युट्युब च्यानलमार्फत प्रेम विरहको गीत सार्वजनिक भएको हो।

स्वाभिमान सुवेदीको मनछुने शब्द रहेको गीतमा थानेश्वर स्वयंले संगीत भरेका हुन् भने कमल सौरागले संगीत संयोजन गरेका छन्।  विनोद भण्डारीको कथा एवं निर्देशनमा ग्रामीण परिवेशमा रहेर गीतको भिडियो तयार पारिएको हो।

भिडियोमा स्मारिका ढकाल, स्वाभिमानसँगै प्रकाश घिमिरेको अभिनय रहेको छ। भिडियोमा नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×