काठमाडौँ - पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ।