काठमाडौँ - मल्टि स्टारर फिल्म ‘लाखे’ को टीजर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। केही समयअघि सार्वजनिक पोस्टरबाट चर्चा बटुल्न सफल फिल्मको करिब सवा १ मिनेट लामो टीजरले दर्शकको अपेक्षा झन् बढाएको छ।
भदौ ३१ गतेदेखि प्रदर्शन हुने ‘लाखे’ को टीजरबाट फिल्म सस्पेन्स र थ्रीलले भरिएको आँकलन गर्न सकिन्छ। सम्राट बस्नेत निर्देशित यो फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको मुख्य भूमिका रहेको छ।
गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन्। हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन्।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद आकाश बरालले लेखेका हुन।
दीपक बज्राचार्यको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्वन्द निर्देशन र दिलिप पन्तको प्रोडक्शन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्को बितरण गर्दैछ।