जुनियर र रोड्रिगोको गोलमा रियालको चौंथो जित

काठमाडौँ - भिनिसीयस जुनियर र रोड्रिगोको गोलमा रियाल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। रियालले लगातार चौंथो जित निकाल्ने क्रममा शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको हो।

रियालको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले १/१ गोल गरेका थिए। उता बेटिसका सेर्जियो कानालेसले १ गोल फर्काएका थिए।

खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। बेटिसका लागि सर्जिनोले खेलको १७ औं मिनेटमा गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा फर्काए। ६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियाललाई २-१ को जित दिलाए।

जितसँगै रियालले ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पराजित बेटिस ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×