बन्दीपुरमा फनपार्क सञ्चालनमा

तनहुँ। बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ। करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो। बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए। फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ। यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए तापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले त्यो संस्कारको विकास गर्न लागिएको अर्का सञ्चालक राजीव श्रेष्ठले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×