कैलाश सिरोहियालाई हाजिर जमानीमा छाडियो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने शर्तनामा गराएर रिहा भएको कागज दिएको छ ।

धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरका उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो । सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था विद्यमान नरहेको भन्दै हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×