'महापुरुष' लेराउँदै निर्देशक प्रदीप भट्टराई

काठमाडौँ - जात्रा सिरिजमार्फत आफ्नो निर्देशन कौशललाई प्रमाणित गरेका निर्देशक प्रदीप भट्टराईले आफ्नो नयाँ फिल्मको तयारी गरिरहेका छन्। उनको नयाँ फिल्मको नाम 'महापुरुष' रहेको छ।

निर्देशक भट्टराईका अनुसार अहिले स्क्रिप्टको काम सकाएर बैशाखको तेस्रो साताबाट फिल्मको छायाङ्कन गर्ने तयारी रहेको छ। निर्देशक भट्टराईले फिल्मको सम्पूर्ण टिमलाई यसै साता परचय गराउने बताएका छन्। टाइटल फाइनल भइसके पनि उनले फिल्मका विषयमा धेरै कुराहरु बताउन चाहेका छैनन्। उनले फिल्मको बारेमा अन्य जानकारी पनि छिटै दिने बताए। यसै गरी उनले रिलिजका लागि समेत छलफल भइरहेको जानकारी दिएका छन्। 

उनले निर्देशन गरेको जात्राको सिरिजमात्र नभई फिल्म 'शत्रुगते'लाई समेत दर्शकले अत्यन्त रुचाएका थिए। उनीद्वारा निर्देशित सबै फिल्मले सफलता हाँसिल गरेका कारण पनि उनी माथी धेरै जिम्मेवारी थपीएको उनले बताए। उनले भने, "डेब्यु फिल्ममै पाएको सफलताले म माथि जिम्मेवारी थपिएको महसुस गरेको छु। मैले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन बरु बढाउनु पर्ने छ।"

निर्देशक भट्टराईद्वारा निर्देशित सबै फिल्म दर्शकले रुचाएका भएपनि उनको आगामी फिल्म 'महापुरुष'लाई दर्शकले कतिको रुचाउने हुन्। त्यो भने हेर्न बाँकी नै छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×