सगरमाथा चढेर फर्किएका राजु लामालाई काठमाडौंमा स्वागत

काठमाडौँ - सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा नायकीय स्वागत भएको छ। राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्यान्डका यी चर्चित गायकलाई स्वागत गरिएको हो। जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत सर्वोच्च शिखर आरोहण गरेका थिए।

६५०० मिटर उचाइको क्याम्प तीनमा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए।

न्यानो स्वागत पाउँदा हर्षाश्रु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगेँ। म रोएँ। थाम्नै सकिन। मन दुख्यो मलाई। तर, इट्स ब्यूटीफुल।’ उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्यूटीफूल देशमा छौं। सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो।’

हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफू अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×