काठमाडौँ - अस्ट्रेलिया र श्रीलङ्काबीच जारी पाँच खेलको एक दिवसीय शृङ्खलामा श्रीलङ्काले एक खेल अगावै उपाधि जितेको छ।
गए राति सम्पन्न चौथो एकदिवसीय खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई चार रनले हराउँदै ३-१ ले शृङ्खला जितेको हो।
योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको शृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले सन् २०१० मा शृङ्खला जितेको थियो।
पहिले ब्याटिङ गरेर श्रीलङ्काले २५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २५४ रन मात्र बनायो। अष्ट्रेलियाले विकेट जोगाउन नसक्दा पकडमै रहेको खेल गुमाएको हो।
श्रीलङ्काका लागि चरिथ असालाङ्काले ११० रनको पारी खेले। अष्ट्रेलियाका डेभिड वार्नर शतक बनाउन एक रनले चुकेका थिए।
यी दुई टोलीबीचको अन्तिम खेल शुक्रबार हुनेछ।