काठमाडौँ। अभिनेत्री केकी अधिकारिको आउँदो चलचित्र ‘सिल्ली फो’को छायांकन सम्पन्न भएको छ। राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्रको छायांकन की अधिकारीको जन्मदिन (शुक्रवार) को अवसर पारेर सकिएको जानकारी निर्माण पक्षले दिएको छ। नेपालगञ्ज आसपासका ठाउँमा छायांकन भएको चलचित्रमा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने आदि कलाकारहरुको अभिनय रहेको छ। ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेब्यू गरेका छन्। मनोज डिके निर्माता रहेको चलचित्रका सह-निर्माता विशाल श्रेष्ठ र सागर बिष्ट रहेका छन्। चलचित्रका सहायक निर्देशक विशाल बराल र केशव शर्मा रहेका छन् ।