काठमाडौँ l लघुचलचित्र ‘थर्ड आई’ निर्माण हुने भएको छ l आशुतोष अधिकारीको निर्देशन रहने चलचित्र लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्यमा निर्माण हुन लागेको हो l आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा नेत्रदान सम्बन्धी कथा देखाईनेछ l चलचित्रको छायांकन मंसीर १७ गतेबाट चितवन र पोखरामा गरिनेछ l चलचित्रमा रोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेलको अभिनय रहनेछ l चलचित्रमा सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट् थापाको पाश्र्वसंगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा, रफी शाहको पटकथा र संवाद रहनेछ l चलचित्रको प्रस्तुतकर्ता विनोद मिश्र र कार्यकारी निर्माता केडी रहेका छन् l आशुतोषले यसअघि बनाएको लघुचलचित्र ‘हाम्रो नाता’ले बिभिन्न अवार्ड जितेको थियो।