काठमाडौँ - न्युजिल्यान्डका खेलाडी कोलिन डी ग्रान्डहोम अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
अलराउन्डर कोलिनले न्युजिल्यान्ड क्रिकेटसँग छलफल गरेर सन्यास घोषणा गरेको जनाइएको छ।
३६ वर्षीय कोलिनले न्युजिल्यान्डका लागि २९ टेस्ट, ४५ एकदिवसीय र ४१ टी-२० अन्तराष्ट्रिय खेलेका छन्।
कोलिनले सन् २०१२ मा न्युजिल्यान्डका लागि डेब्यु गरेका थिए।