नेपाल बारको आन्दोलन विरुद्ध काठमाडौँको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनमा आफ्ना धारणा प्रस्तुत गर्दै एक सेवाग्राही

काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायीहरुले नेपाल बारको आन्दोलन विरुद्ध काठमाडौँको नयाँ बानेश्वर स्थीत एभ्रेष्ट होटल अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । उक्त विरोध कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो धारणाहरु प्रस्तुत गरिरहेका छन् । यसै क्रममा सेवाग्राही सुदिप घिमिरेले पनि आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
वास्तवमा अहिले सबै अदालतमा पीडितले न्याय पाउने अवस्था नरहेको उनले बताए। न्याय पैसाले किन्न पाउने आरोप लगाउँदै धनीले न्याय पाउने र गरिबको मुद्दा पेन्डिङमै रहने अवस्थाले गरिब जनताको आँखा भरि आँसु बनाएर न्यायका लागि गुहार्ने बाहेक अरु विकल्प नरहेको बताए । उनले साँचै नेपालमा न्याय मरेको हो त भन्दै प्रश्न गरेका छन् । उनले कानुन, मुद्दा र सर्वोच्चमा पहुँच भएका र न्यायाधीश तथा वकिलसँग सेटिङ गर्न सक्नेहरुले मात्र न्याय पाएको आरोप लगाए । उनले ५० वर्ष देखि पेन्डिङमा रहेका मुद्दाहरु समेत देखेको तर उनीहरुले न्याय कहिले पाउने भन्दै प्रश्न गरेका छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×