भारत। बलिउड अभिनेता सोनू सूदले समाज सेवा गरेर भारतमा निकै लोकप्रियता कमाएका छन्।उनका प्रशंसकहरुमध्ये एक गुर्रम वेंकटेशले सोनू सूदको मन्दिर नै बनाएका छन्। भारतको खम्मन जिल्लाको गारलापडा गाउँमा बनाइएको यो मन्दिरको लागि वेंकटेशले परिवारको सहयोग लिएका थिए। यो खबर पाउनासाथ अभिनेता सोनू सूदले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट यसको साटो स्कुल बनाएको भए ठिक हुने थियो भन्ने टिप्पणी गरेका छन्। उनको नामको मन्दिर पहिलो पटक भने बनाइएको होइन। यसअघि सिद्दीपेट जिल्लाको डुब्बा टांडा गाउँमा पनि सोनूको मन्दिर बनाइएको थियो।