नगरपालिकाद्वारा कर्मचारीसहित विभिन्न व्यक्ति सम्मानित

काठमाडौँ - काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले विभिन्न कार्यमा सहयोग पुर्याउने कर्मचारी तथा सहयोगी, दाता एवं व्यक्तिलाई सम्मान गरेको छ।नगरपालिकाले स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो।

सो क्रममा नेपाल सरकारका सचिव एवं धुलिखेल नगरवासी रवीन्द्र घोलिजुलाई धुलिखेल रत्न, रविओपी गाविसका पूर्वअध्यक्ष केदारप्रसाद कोइरालालाई धुलिखेल नक्षेत्र, कलाकार दिनेशकाजी योगललाई धुलिखेल प्रज्ञाश्री र कृषि तथा पर्यटन व्यवसायी रामबहादुर गौतम, गैससकर्मी वसन्त कुँवर, जैविक कृषि फार्म सञ्चालक रेणुका गुरुङ, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, रमाइलो छत्रछायामुनि सामाजिक संस्था र सेतीदेवी माविका प्रध्यानाध्यापक धनबहादुर विष्टलाई धुलिखेल ताराले सम्मान गरिएको छ।

त्यस्तै, नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका भोजकुमार ठकुरी र जिन्सी शाखाका मीनगोपाल तखाछेंलाई जनसेवा श्रीले सम्मान गरिएको छ।नगरपालिकाले सो अवसरमा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने, समाजसेवाको क्षेत्र, विद्यालय, स्वास्थ्यचौकी र खानेपानी आयोजनाका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×