काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्।
संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गर्ने विषयमा छलफल गर्न खाण बालकोट पुगेको स्रोतले जनाएको छ।
त्यस्तै, एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ।
हिजै देउवाले ओलीसँग एमसीसीबारे बालुवाटारमा छलफल गरेका थिए।