स्पेनिस ला लिगाः गेटाफेविरुद्ध भ्यालेन्सियाको शानदार जित

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा भ्यालेन्सियाले शानदार जित निकालेको छ। उसले घरेलु मैदानमा गेटाफेविरुद्ध ५-१ को जित निकालेको हो।

मेस्टाला स्टेडियममा भ्यालेन्सियालाई जित दिलाउन टोनी लाटो, स्यामुएल डियास लिनो, स्यामुएल क्यास्टेलेजो, निको गोन्जालेज र ह्युगो डुरोले गोल गरेका थिए। गेटाफेका गास्टन अल्भारेजले गोल गरेका थिए।

खेलको सातौं मिनेटमा लाटोको गोलबाट भ्यालेन्सियाले अग्रता लिन सफल भएको थियो। १४ औं मिनेटमा लिनोले घरेलु टोलीको अग्रता दोब्बर पारे। १६ औं मिनेटमा क्यास्टेलेजोले गोल गरेपछि भ्यालेन्सिया ३-० ले अघि बढ्यो। ६५ औं मिनेटमा गोन्जालेज तथा ६८औं मिनेटमा डुरोले गोल गरेपछि घरेलु टोलीले ५-० को फराकिलो अग्रता बनाएको थियो।

७८औं मिनेटमा अल्भारेजले खेललाई ५-१ स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा भ्यालेन्सिया फराकिलो जित निकाल्न सफल भयो।

खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थिए। ८८ औं मिनेटमा भ्यालेन्सियाका एलिएक्स मोरिबा तथा थप गरिएको समयमा गेटाफेका मोउरो आर्मबरी दोहोरो पहेलो कार्ड बृहार्दै मैदानबाट बाहिरिएका थिए।

यो जितसँग ४ खेलमा ६ अंक जोडेको भ्यालेन्सिया १० औं स्थानमा रहँदा पराजित गेटाफे समान खेलबाट १ अंकका साथ १९ औं  स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×