भारतका चर्चित संगीतकार सपनसेन गुप्ताको निधन

काठमाडौँ - भारतका एक समयका चर्चित संगीतकार सपन सेन गुप्ताको निधन भएको छ। उनले मुम्बईको पवईस्थित आफ्नो निवासमा अन्तिम सास लिएका हुन्। ९० वर्षको उमेरमा उनको निधन भएको हो।

सपन-जगमोहन सन् १९६० र ७० को दशकका चर्चित संगीतकार जोडी थिए। उनले केही मनमोहक गीतहरू दर्शकलाई दिएका छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ट्वीटरमा शोक व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्, ‘बङ्गालका मेरा संगीतकार सपन सेनगुप्ताको निधनले म गहिरो दुःखमा छु। उहाँले अतुलनीय विरासत छोड्नुभएको छ र धेरैको हृदयमा जीवित रहनेछ। म उहाँको आत्माले शान्तिको कामना गर्दछु र उहाँका परिवार, साथीहरू र अनुयायीहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

सपन-जगमोहन जोडीले ५० भन्दा बढी हिन्दी फिल्म, २० वटा पञ्जाबी फिल्म, ७ वटा बंगाली फिल्म र ५ वटा भोजपुरी फिल्ममा संगीत दिएका थिए।

उनले धेरै टिभी सिरियलमा संगीत पनि दिएका छन्। अन्तिम समयमा सपन सेनगुप्ताले संगीतबाट सन्यास लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×