काठमाडौँ - जारी विश्वकपको प्रबल दाबेदार मानिएको ब्राजिल अहिले नकआउट चरणमा पुगिसकेको छ। समुह जी बाट अन्तिम खेल अघि नै ब्राजिल नकआउट चरणमा पुगेको हो।
ब्राजिल प्राय: सबै विश्वकपमा फ्यानहरुको मन पराइएको टिम हुने गर्दछ। ब्राजिलको फुटबल खेल्ने तरिका र टिममा हुने उत्कृष्ट खेलाडीहरुका कारण विश्वभरका फ्यानहरुले उनीहरुलाई मन पराउछन्।
यसै बीच ब्राजिलका स्ट्राइकर रिचार्लिशनको चर्चा अहिले निकै भैरहेको छ। ब्राजिलको विश्वकपको पहिलो खेलमा उनले गरेको गोलका कारण उनी अहिले सामाजिक संजालमा फेभरेट बनेका छन्। खास गरि इन्स्टाग्राममा रिचार्लिशनको सो गोल पछि करिब ६० लाख फलोअर बढेका छन्।
विश्वकप शुरु हुने बेला रिचार्लिशनका फलोअर करिब ८ मिलियन (८० लाख ) को हाराहारीमा रहेका थिए। तर यो समाचार तयार गरुन्जेल उनका इन्स्टाग्राममा फलोअर १४.२ मिलियन अर्थात एक करोड ४२ लाख पुगिसकेका छन्।
यो सबै उनले सर्बियाविरुद्ध गरेको एक्रोबाटिक गोलका कारण भएको हो। २५ बर्षिय रिचार्लिशनले ब्राजिलका लागि अहिले ४० खेलमा १९ गोल गरेका छन्। उनलाई अहिले विश्वकै उत्कृष्ट फरवार्डको रुपमा हेरिएको छ।