काठमाडौँ - पाकिस्तानले त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको फाइनलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको छ। अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकप अगाडि पाकिस्तानले यो सफलता हात पारेर आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।
जितका लागि १ सय ६४ रनको लक्ष्य पाएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। मोहम्मद नजावले नटआउट रहेर ३८ रन बनाएका थिए। उनले २२ बलको सामना गरेर २ चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै, प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानलले २९ बलमा ३४ रन बनाएका थिए। त्यस अगाडि न्युजिल्यान्डले ७ विकेटमा १ सय ६३ रन बनाएको थियो। घरेलु टिमका लागि कप्तान केन विलियम्सनले ३८ सर्वाधिक ५९ रन बनाएका थिए।
उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए। पाकिस्तानी बलरमध्ये नसिम शाह र ह्यारिस रउफले २/२ विकेट लिएका थिए। सिरिजमा पाकिस्तान र न्युजिल्यान्डसँग बंगलादेशको पनि सहभागिता रहेको थियो।