अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आज अन्तर्वार्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए ।

सन्दीपको भिसाका लागि नेपाल सरकारले कूटनीतिक रूपमा प्रयास अगाडि बढाएको थियो । यससँगै उनको भिसा प्रक्रिया फेरि अगाडि बढेको हो । अमेरिकी राजदूतावासले सन्दीपलाई आज अपराह्न ४ बजे अन्तरवार्ताका लागि बोलाएको छ ।

सन्दीपले यही आइतबारदेखि सुरू हुने टी–२० विश्वकप खेल्न जानका लागि भिसा मागेका हुन् । विश्वकपमा नेपालको पहिलो खेल भने आगामी बुधाबार नेदरल्याण्ड्सविरुद्ध छ । दूतावासले भिसा दिए सन्दीप आजै राति अमेरिका उड्ने बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×