इन्टर मिलान लाजियोसँग पराजित

काठमाडौँ - इन्टर मिलान इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ। गएराती भएको खेलको ४० औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो। ५१ औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो।

तर, ७५ औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लिएको थियो । ८६ औं मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो। सुरुआती २ खेल जित्दै सिजनको सुखद सुरुआत गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो। इन्टरको ३ खेलमा ६ अंक रहेको छ।

लाजियोले भने ३ खेलसम्म अपराजित यात्रा कायम राखेको छ। शीर्ष स्थानको लाजियोको ३ खेलमा ७ अंक रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×