म पछि हट्दिन, सभापतिमा उम्मेदवारी दर्ता गर्छु : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । 

चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताएका हुन् । 

महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै नेता सिंहले महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए। 

उहाँले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको जिकिर गरे । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उनको भनाइ थियो। संस्थापन इत्तरबाटै सभापतिका आकांक्षी शेखर कोइरालाले एकपक्षीय रुपमा प्रचार अभियान समेत शुरु गरिसकेका छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×