सोमवारदेखि राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू, क–कसलाई लाग्छ ?

काठमाडौं । आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सोमबारबाट आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आइतवार आचारसंहिता जारी गरेको थियो । आचारसंहिता सोमवारबाट लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  

आचारसंहिता क–कसलाई लागू हुन्छ ?
-संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी
-स्थानीय तहका पदाधिकारी र कर्मचारी
-सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी
-सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी
-निर्वाचनको काममा संलग्न कर्मचारी
-राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन

कारबाहीको चेतावनी
आयोगले आचारसंहिताको पालना गर्नु आह्वान गरेको छ। उल्लंघन भएमा कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगले निर्देशन दिएको छ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने  विज्ञप्तिमा उल्लेख छ ।

आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×