काठमाडौँ। साहित्यकार पारिजातको लोकप्रिय उपन्यास 'शिरीषको फूल’मा आधारित नाटक मञ्चन हुने भएको छ। 'चौथो आयाम’ समूहले उपन्यासलाई नाटकमा रुपान्तरण गर्न लागेको हो। यसको परिकल्पनाकार केदार श्रेष्ठ रहेका छन् भने निर्देशक अञ्जान प्रदीप रहेका छन्। थिएटर मल–कीर्तिपुर रङ्गमञ्चमा नाटक मञ्चन हुने जनाईएको छ।
खबरका अनुसार समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, मञ्जु महर्जन, अस्मिना भारती, जेनी सुनुवार आदि कलाकारहरुको अभिनय रहने नाटकको अहिले रिहर्सल तथा मञ्च निर्माण कार्य भइरहेको छ। नाटकको सहनिर्देशक शिव परियार रहेका छन्।