सन् २०२५ मा साफ च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

काठमाडौँ - अखिल नेपाल फुटबल संघ  (एन्फा) ले सन् २०२५ मा महिला र पुरुष  टिमले साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको छ। त्यस्तै सन् २०२७ मा एएफसी कपमा छनोट हुने लक्ष्य पनि राखेको छ।

बुधबार बसेको एन्फाको विशेष साधारणसभाले ८ वर्षका लागि फुटबलको योजना र कार्यक्रम बनाएको महासचिव किरण राईले जानकारी दिएका छन्।

एन्फाले महिला र पुरुषका ५००-५०० खेलाडीको ब्याक अपसहितको रणनीति बनाएर अगाडि बढ्ने पनि महासचिव राईले बताएकाा छन्। ‘हामीसँग ब्याकअप नै नभई खेलाडीले गोल हानेको हेर्न खोज्छौं, संघ यसरी चल्दैन’ महासचिव राईले भने।

एन्फाको चालु आर्थिक वर्षका लागि ९५ करोड रुपैयाँको हुने भएको छ। विशेष साधारण सभाले ९४ करोड ८९ लाख रुपैयाँको आम्दानी र खर्च विवरण अनुमोदन गरेको हो।

बजेटको स्रोतमा एन्फाले फिफाबाट ६१ करोड ५० लाख रुपैयाँ प्राप्त हुने, एएफसीबाट ८ करोड ८० लाख र बाँकी आन्तरिक आम्दानी हुने एन्फाले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×