क्षतिपूर्तिको माग गर्दै हेटौँडा सडक विस्तारका पीडित माइतीघरमा बाजासहित प्रदर्शन

हेटौँडा सडक विस्तारका पीडितहरूले मंगलबार राजधानीको माइतीघर मण्डलामा बाजागाजासहित विरोध प्रदर्शन गरेका छन्। सडक विस्तारको नाममा सरकारले निजी सम्पत्तिमा डोजर चलाएर घरटहरा भत्काएको तर प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति नदिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।

पीडितहरूले पटक–पटक सरकारसँग आफ्ना माग राख्दा पनि सुनुवाइ नभएकोले हेटौँडाबाट माइतीघर आइपुगेर प्रदर्शन गर्नुपरेको हेटौँडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले बताए। उनका अनुसार पीडितको समस्या समाधान गर्न सरकार गम्भीर नदेखिएपछि बाध्य भएर सडकमा उत्रनु परेको हो।

हेटौँडाको मुख्य बजार क्षेत्रअन्तर्गत २५ गज सडक सीमाभित्र पर्ने घरटहरा सरकारी पक्षले भत्काएपछि स्थानीयवासी आन्दोलित भएका हुन्। माइतीघरमा भेला भएका पीडितहरूले प्लेकार्ड प्रदर्शन गर्दै धिमे बाजा बजाएर शान्तिपूर्ण तर सशक्त विरोध जनाएका छन्।

उनीहरूले तत्काल न्यायोचित क्षतिपूर्ति, पुनर्स्थापनाको व्यवस्था र पीडितसँग छलफल गरेर मात्र विकास आयोजना अघि बढाउन सरकारसँग माग गरेका छन्। पीडितको मागप्रति सरकारको ध्यानाकर्षण नहुँदासम्म आन्दोलन जारी रहने चेतावनीसमेत उनीहरूले दिएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×