काठमाडाैं । नेपाली कांग्रेसका नेता एवम् पूव श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
मनाङ जिल्लाका पूर्वसभापतिसमेत रहनुभएका गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीभित्रका शीर्ष नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँगको परामर्शमा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए ।
‘कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर काम गर्ने तयारी गरेको छु’, नेता गुरुङले भने, ‘१४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछु ।’
मनाङ जिल्लामा दुई पटकसम्म सर्वसम्मत पार्टी सभापति बन्नुभएका गुरुङले कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान दिएका छन् ।
मनाङ जिल्लामा हालै आएको बाढीपहिरोको प्रकोपमा जनतालाई खाद्यान्नसहितको सहयोग गरेका थिए । त्यसो त श्रम तथा रोजगार राज्यमन्त्री भएका बेला देशमा पहिलो पठक फ्रि भिसा, फ्रि टिकट, श्रम बैंक जस्ता हितकारी कार्यक्रमहरु सञ्चालनमा ल्याएर निक्कै चर्चा समेत कमाएका थिए ।
सभापति शेरबहादुर देउवा निकट मानिने नेता गुरुङले कांग्रेसलाई कम्युनिस्टसँग भिड्नका लागि तयारी अवस्थामा राख्न १४औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने बताए ।
सुशील कोइराला प्रधानमन्त्री रहनुभएकाे बेला गुरुङ श्रम तथा रोजगार राज्यमन्त्री बनेका थिए। उनी दोस्रो संविधान सभाका बेला मनाङको निर्वाच क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।