नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक

काठमाडौँ - नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ। कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो।

सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पा लगायतको भूमिका रहेको छ। फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो। सार्वजनिक पोस्टरमा फिल्मका ३ मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ।

नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ। मित्रताको कथा भन्ने यो फिल्मले ३ प्रमुख पात्रको नेपाल घुमघामको कथा प्रस्तुत गरेको छ।

‘उचाई’ले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने आशा लिइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×