समान्थाले किनिन् पूर्व पति नागाको घर

काठमाडौँ - साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ। यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छिन्।

सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए। त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग-अलग भयो।

तर हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा रहेका छन्। उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिन्। तर सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो। अहिले पुनः यो घरलाई समान्थाले दुई गुना मूल्यमा किनेकी छिन्।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन्। यो तमिल फिल्म अगष्ट १२ मा रिलिज हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×