दोस्रो टी-२० क्रिकेटमा भारत वेष्ट इन्डिजसँग ५ विकेटले पराजित

काठमाडौँ - दोस्रो टी-२० क्रिकेटमा वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको छ। वार्नर पार्कमा गएराती भएको खेलमा घरेलु टोली वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको हो।

भारतले दिएको १ सय ३९ रनको लक्ष्य वेष्ट इन्डिजले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो। उसका लागि ब्रान्डन किंङले सर्वाधिक ६८ रन बनाएका थिए। यस्तै देवन थोमसले ३१ र निकोलस पुरनले १४ रन बनाएका थिए।

बलिङतर्फ भारतका असर्दीप सिँह, रवीन्द्र जडेजा, रवीचन्द्रन आश्विन, हार्दिक पाण्ड्या र आभे खानले १-१ विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३१, रवीन्द्र जडेजाले २७, ऋषव पन्तले २४ र सूर्यकुमार यादवले ११ रन बनाएका थिए।

बलिङतर्फ वेष्ट इन्डिजका ओेवेद म्याककोयले ६ विकेट लिएका थिए। यस्तै, ज्यासन होल्डरको नाममाा २ तथा अल्जारी जोसेफ र अकिल होसिनको नाममा १-१ विकेट लिएका थिए।

जीतसँगै ५ खेलको श्रृङ्खला वेष्ट इन्डिजले १–१ को बराबरीमा ल्याएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×