बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एक महिलाकाे ज्यान गएकाे छ। ज्यान जानेमा जिल्लाकेा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चाैधरी रहेकी छन्।
मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएकाे बाघकाे आक्रमणमा परी चाैधरी गम्भीर घाइते भएकी थिइन्। चाैधरीकाे भुरीगाउँमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ।