अहिले सबैले हाम्रो आवश्यकता महसुस गरिरहेका छन् : माधव नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूहरूमा दुईटा डुंगामा खुट्टा राखेर चल्ने प्रवृत्तिको नभएको दावी गरेका छन् ।

पार्टीको आगामी १०औं महाधिवेशनबारे जानकारी दिन आज बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले सबैले आफूहरूको आवश्यकता महसुस गरिरहेको जिकिर गरे । ‘हाम्रो आवश्यकता सबैले महसुस गरिरहेका छन् । केन्द्रीय सरकारमा छौँ, मधेसमा पहिले नै सरकारमा थियौँ । उपेन्द्र यादवसँग सहकार्य गर्दै अघि बढेको हो । अस्ती मात्रै एमाले र माओवादी केन्द्रका अध्यक्षसँग संवाद भयो । प्रधानमन्त्रीसँग कुरा गरेर अहिले सिधै आउँदै छु’, उनले सुनाए ।

अध्यक्ष नेपालले नेताहरूबीच सम्पर्क हुनु स्वाभाविक भएको बताए । ‘सबैले नेतासँग सम्पर्क गर्न पाउँछन् । हामीले पनि पाउँछौँ । अविश्वास नहोस् भनेर मैले प्रधानमन्त्रीसँग फोन गरें । उहाँले हुन्छ, कमिटमेन्ट नगर्नुस् भन्नुभयो । हामी दुईटा नाउँमा खुट्टा राखेर चल्दैनौं’, उनले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×