पाल्पामा बस दुर्घटना; सातको मृत्यु

काठमाडौँ । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। 

बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए। घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन्। मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ।

आठजनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×