काठमाडौँ। विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा (निम्सदाइ)को चर्चा अहिले निकै चुलिएको छ। ओटिटि प्ल्याटफर्म नेटफिल्क्सले उनको आरोहणको यात्रालाई चलचित्रमा उतारेपछी उनको चर्चा विश्वभर हुन थालेको हो। ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ नामक उक्त चलचित्र हिजोबाट विश्वभरिबाट हेर्न मिल्ने भएको छ। चलचित्रको प्रिमियर हुनुअघि राजधानीमा प्रिमियर कार्यक्रम आयोजना गरिएको थियो। जहाँ पर्यटनमन्त्री प्रेमबहादुर आलेले उनको प्रशंसामा स्ट्यान्डिङ ओभेसन समेत दिए। त्यसैगरि निम्सदाइले बलिउड अभिनेता अक्षयकुमारको एक प्रस्ताव पारिश्रमिक नमिलेका कारण छोडेको पनि बताए। साथै उनले डिस्कभरी च्यानलका बेयर ग्रिल्सलाई काठमाडौँमा आयोजना हुने एक कार्यक्रमका लागि नेपाल ल्याउने पनि बताए। कार्यक्रम 'म्यान भर्सेस वाइल्ड'का सञ्चालक ग्रिल्ससँग कुरा समेत भइसकेको उनले बताए।