काठमाडौँ - हलिउड गायिका ब्रिटनी स्पीयर्सले आफ्नो इन्स्टाग्राम एकाउण्टलाई डिएक्टिभ गरेकी छिन्। उनले डिएक्टिभ गरेको यो पहिलोपटक भने होइन। यसअघि उनले तीनपटक डिएक्टिभ गरिसकेकी छिन्। उनले यसपटक डिएक्टिभ गर्नुपर्ने कारण पनि बताएकी छिन्।
उनले इन्स्टाग्राम डिएक्टिभ गरेपछि निरन्तर ट्वीट गरिरहेकी छिन्। ‘म दिनहुँ सिकिरहेकी छु। म राम्रो व्यक्ति बन्ने कोसिस गरिरहेको छु। म त्यही गरिरहेकी छु, जसले मलाई खुसी दिएको छ। मैले आज खुसीलाई छानेकी छु। म हरेक दिन आफूलाई भन्छु कि आहत हुने तनावलाई छोडिदिनु। आफूलाई र अर्को जो दुःखी हुन्छन्, उनीहरुलाई माफी दिन कोसिस गर्नु,’ उनले ट्वीट गरेकी छिन्।
‘जब म सानी थिएँ, निडर हुन चाहन्थे। म यती डराएर बस्न चाहदिन थिएँ। म प्रार्थना गर्छु कि सत्यमा पवित्र आत्मामा सत्यता छ र मलाई आशा छ कि पवित्र आत्मा मेरो सन्तानसँग पनि छ। हो मैले आज सुख र खुसी छानेकी छु’, उनले लेखेकी छिन्।
ब्रिटनीले सेम असगरीसँग गत जूनमा विवाह गरेकी थिइन्। उनीहरुले सन् २०२१ मा इन्गेजमेन्ट गरेका थिए। यो जोडी ५ वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१६ मा ब्रिटनीको म्युजिक भिडियोको सेटमा उनीहरुको भेट भएको थियो।