एनभिए क्लब च्याम्पियनसिप: पुलिस र गण्डकीकाे विजयी सुरुवात

काठमाडौँ- विगागीय टाेली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले आइतबारबाट सुरू भएकाे एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा विजय सुरुआत गरेको छ।

दिनको दोस्रो खेलमा पुलिसले गलकाेट स्पाेर्ट्स क्लबमाथि ३-० को साेझाे सेटमा जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सप्पन्न खेलमा पुलिसले २५-१५,२५-१७ र २५-२२ ले आफ्नो पक्षमा पार्दै सुखद् सुरूवात गरेकाे हाे।

यसअघि दिनको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३-१ को जित निकालेकाे थियाे। गण्डकीले ढोरपाटनमाथि २५-१६, २३-२५, २५-१९, २६-२४ को जित निकालेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×