गाउँपालिकाद्वारा आश्रित परिवारलाई भवन हस्तान्तरण

नेपालगंज । बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ । खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६  घर तयार भएपछि आज औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई आवास हस्तान्तरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । 

उनका अनुसार भूमिहीन सुकुम्वासी बसिरहेकै ठाउँमा घर बनाई दिँदाभन्दा सामूहिक आवासको अवधारणा प्रभावकारी हुने विश्वासका साथ घर, शौचालय, आन्तरिक सडक सबै व्यवस्थित बनाइएको छ ।

तराई मधेस समृद्धि कार्यक्रमको रु ७० लाख लागतमा डेढ बिघा सरकारी जग्गामा व्यवस्थित १६ घर तयार गरी हस्तान्तरण गरिएको उनको भनाइ छ । १६ घर निर्माण भइसकेको बी–बोरिङ खजुरामा यो वर्ष पाँच घर निर्माण भइरहेका छन् । 

तराई मधेस समृद्धि कार्यक्रमसँग गाउँपालिकाले साझेदारी कार्यक्रमअन्तर्गत अति विपन्न परिवारलाई आवास बनाएर हस्तान्तरण गरिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताए । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×