दाहालकाे प्रष्ट्राेक्ति : माओवादी केन्द्र कमजोर हुँदै गयाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र कमजोर हुँदै गएको स्वीकार गरेका छन् ।

सोमवार चितवनमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताए ।

माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र गरी प्रतिनिधिसभा विघटनको प्रयास भएको उनको भनाइ थियो । तर सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराउन सफल भएको अध्यक्ष दाहालले बताए।

जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको जिकिर गर्दै उनले अब फेरि माओवादी जागेको सन्देश जनतासामु पुरेयाउनुपर्नेमा जोड दिएव् । अहिले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरि नै रहेको उनको दाबी छ ।

माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल चितवन पुगेका हुन् । सोमवार दिउँसो पूर्वी चितवनको टाँडीमा हुने प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गर्न लागेकाे बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×