भारत। बलिउड अभिनेता अजय देवगन, अमिताभ बच्चन र बोमन ईरानी अभिनित चलचित्र 'रनवे ३४'को छायांकन सकिएको छ। यो कुराको जानकारी अजय देवगनले स्वयम् सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले सञ्जालमा एक भिडियो राखेका छन् , जसमा उनले लेखेका छन् "हामी हवाईजहाजको खानालाई धेरै महत्वपूर्ण तरिकाले लिन्छौँ। 'रनवे ३४' र्याप। तपाईहरुसँग चलचित्रमा भेट्नेछु।" अजय देवगनको निर्देशनमा बनेको चलचित्रमा रकुल प्रीत सिंह र अंगिरा धारी पनि मुख्य भूमिकामा देखिनेछन्।
