काठमाडौँ - फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले आफूहरू खेलमा फर्कने बताएका छन्। आइतवार राति भएकाे विश्व कप फुटबलकाे फाइनल खेलमा अर्जेन्टिनासँगकाे हारपछि साेमवार ट्वीट गर्दै एम्बाप्पेले यस्ताे बताएका हुन्।
पेरिस सेन्ट जर्मेइनका २३ वर्षीय स्ट्राइकरले प्रतियाेगितामा ८ गाेल गर्दै गाेल्डेन बुट जिते जसमा फाइनल खेलमा गरेकाे ह्याट्रिक पनि सामेल छ र देशलाई लगातार दाेस्राे उपाधि जिताउन नसकेकाेमा आफूलाई दुर्भाग्यशाली मान्न सक्छन्।
यही लय कायम राखेमा एम्बाप्पे सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकाेमा हुने विश्व कपमा स्टारका रूपमा तेस्राे पटक देखिनेछन्।