काठमाडौँ - इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई एक खेलको प्रतिबन्ध लागेको छ।
प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध १-० काे जित निकालेकाे खेलमा रातो कार्ड व्यहाेरेका क्लाेपलाई इंग्ल्याण्ड फुटबल एसोसिएसनले १ खेलको प्रतिबन्ध लगाएको हो।
मोहम्मद सलाहमाथि फउल भएकाे अवस्थामा सहायक रेफ्रीलाई गाली गरेपछि उनलाई रातो कार्ड देखाइएको थियाे।
यसअघि एफले क्लोपलाई ३० हजार पाउण्ड जरिवाना गरिसकेको छ। प्रतिबन्ध लागेपछि क्लाेपले प्रिमियर लिगअन्तर्गत आज हुने साउथह्यामटनविरुद्वकाे खेल गुमाउने भएका छन्।