भारत। दिवंगत दक्षिण भारतीय कलाकार पुनीत राजकुमार चलचित्र 'लक्की म्यान'बाट अन्तिम पटक दर्शकमाझ देखिनेछन्। हालै चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रमा पुनीत एक महत्वपूर्ण कमियो रोलमा देखिनेछन्। पुनितलाई चलचित्रमा लोकप्रिय डान्सर प्रभुदेवासँग नाच्दै गरेको देख्न सकिनेछ। जानकारीका लागि चलचित्र तमिल रोम कम 'ओह माई कदवुले'को आधिकारिक रिमेक हो। यो चलचित्रलाई कलाकार/कोरियोग्राफर नागेंद्र प्रसादले निर्देशन गरेका छन्।