टेनिसका ‘बिग थ्री’ मध्येका दुइ जोकोभिच र नाडालले अहिले सन्न्यास नलिने

काठमाडौँ - रोजर फेडेररको सन्न्यासपछि टेनिसका ‘बिग थ्री’ मध्येका बाँकी दुई खेलाडीको समेत सन्न्यासको चर्चा सुरु भएको छ। तर सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले आफूले अहिल्यै सन्न्यास नलिने बताएका छन्।

जोकोभिचले आफू अहिल्यै सन्न्यास लिने उमेरमा नपुगेको बताएको रोयटर्सले जनाएको छ। स्विजरल्यान्डका फेडेररले ४१ वर्षको उमेरमा चोटका कारण सन्न्यास लिदाँ हजारौ समर्थक तथा खेलाडीहरु दुखी भएका थिए।

फेडेररको सन्न्याससँगै जोकोभिच तथा राफायल नाडालले अझै केही समय खेल्न सक्ने सम्भावना बढेको बताइन्छ। तर फेडेररसँगै जोकोभिच र नाडाल बाहिरिए, उनीहरुको स्थान कसले लिने भन्ने चिन्ता पनि सुरु भएको छ। तर २१ पटक ग्रान्ड स्लाम जितेका जोकोभिचले भने आफूले अहिले नै सन्न्यास लिने अवस्था नआएको बताएका छन्।

‘बिग थ्री’ को उपमा पाएका फेडेरर, जोकोभिच र नाडालले संयुक्त रुपमा ६३ वटा एकल ग्रान्ड स्लाम जितेका छन्। जसमध्ये नाडालले नै २२ वटा ग्रान्ड स्लाम जितेका छन्। नाडालले पनि आफूले अहिले सन्न्यास नलिने बताइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×