भेरी घटना सम्झाउने फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

काठमाडौँ - अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।

देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ। अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा रहेका छन्।

ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ। उक्त घटनामा आठजना भेरी नदीमा बेपत्ता भएका थिए। भेरी नगरपालिका-४ का नवराज विक मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जाजरकोटको भेरी नगरपालिका-४ मा १९ जनाको समूह लिएर गएका थिए।

त्यसबेला केटी लाने पक्ष र केटाको पक्षबीच झडप भएको थियो। भाग्ने क्रममा नदीमा हामफालेका नवराजको शव नदीको बीचमा भेटिएको थियो। यही कथावस्तुबाट प्रभावित फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ।

सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा मोहन निरौला, उत्तम केसी, सुरु सुनुवार लगायतको अभिनय रहेको छ। ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको जनाइएको छ।

ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति घोषणा भएको छैन। नेपालअघि फिल्मलाई विदेशमा प्रदर्शन गरिने भएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×