नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

कपिलवस्तु  । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताए ।

'यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन' ओलीले भने "कपिलवस्तुमा कृषि सिँचाइका लागि अब नौमुरे योजना छिट्टै शुरु हुन्छ, ।" एमालेसँग मात्र देश बनाउने नीति भएकाे ओलीकाे भनाइ थियाे ।

नेकपा एमालेले बेशहारा, अभिभावकविहीनको पार्टी नेकपा एमाले भएको बताउँदै एमालेले बेशहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताउनुभयो ।  कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने उहाँले बताए ।

ओलीले आफ्नो कार्यकालमा भारतसगँ सुमधुर सम्बन्ध स्थापित गरेको बताए ।

जेष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधि उपचारको ब्यवस्था गरेको बताउँदै उनले भने 'हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिइनेछ ।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×