कांग्रेस महाधिवेशन मत गणना अपडेट : देउवाकाे अग्रता कायमै, कसले कति मत पाए ?

काठमाडाैं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २२०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले १०५१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७९३ मत पाएका छन् ।

त्यसैगरी प्रकाशमान सिंहले २०४ मत, विमलेन्द्र निधिले १७४ मत र कल्याण गुरुङले १० मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

कसले कति मत पाए?

जम्मा मतगणनाः २२०६
शेरबहादुर देउवा : १०५१
शेखर कोइराला : ७९३
प्रकाशमान सिंह: २०४
विमलेन्द्र निधि: १७४
कल्याण गुरुङ : १०

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×