काठमाडौँ - स्पेनिस क्लब एट्लेटिको मड्रिडले प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित भएको छ।
नर्वेको ओस्लोमा शनिबार सम्पन्न खेलमा युनाइटेडलाई एट्लेटिकोले १-० गोल अन्तरले पराजित गरेको हो। एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडका फ्रेड इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा टोली पुनरागमन गर्न असफल भयो।
अब युनाइटेडले अर्को स्पेनिस क्लब रायो भालेकानोसँग खेल्नेछ।